नारायणघाट-मुग्लिन खण्डमा अवरूद्ध सडक दुईतर्फी खुल्यो

सहयात्रा टिभी

काठमाडौं । वैशाख २८, नारायणघाट-मुग्लिन सडकको तुइनखोलामा ट्रक अनियन्त्रित भई पल्टिएपछि अवरुद्ध सडक सञ्चालनमा आएको छ।

आइतबार विहान इच्छाकामना-५ तुइनखोला भन्ने स्थानमा वीरगन्जबाट काठमाण्डौ जाँदैगरेको मधेश प्रदेश ०३-००१ख ९८१७ नम्बरको कोईला लोड गरिएको ट्रक आफैं अनियन्त्रित भई सडकमा पल्टिएको थियो।

दुर्घटनापछि नारायणघाट-मुग्लिन सडक अवरुद्ध भएको थियो।

सडकबाट ट्रक हटाइएपछि बाटो दुइतर्फी नै सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी रविन्द्र खनालले जानकारी दिए।

 

प्रकाशित : 11 May, 2025

प्रतिक्रिया दिनुहोस्