आज प्रतिनिधि सभा र राष्ट्रि सभा दुवैको बैठक बस्दै

सहयात्रा टिभी

काठमाडौं । वैशाख २८, आज नीति–कार्यक्रम पारित भए लगत्तै संसदमा प्रीबजेट छलफल हुने भएको छ ।

 

आइतबार प्रतिनिधि सभा र राष्ट्रि सभा दुवैको बैठक बस्दैछ । दुवैमा प्रधानमन्त्री केपी शर्मा ओलीले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने कार्यसूची छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १९ गते संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।

त्यसमाथिको छलफलमा उठेका प्रश्नहरूको आज प्रधानमन्त्रीले जवाफ दिन लागेका हुन् । त्यसपछि वार्षिक नीति तथा कार्यक्रमलाई निर्णयार्थ प्रस्तुत हुनेछ ।

यो लगत्तै विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता प्री–बजेट छलफल सुरु हुनेछ ।

उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक) माथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।

 

प्रकाशित : 11 May, 2025

प्रतिक्रिया दिनुहोस्