सेयर बजारमा आज दोहोरो अंकको गिरावट

काठमाडौं । वैशाख २८, साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ ।
आज सेयर बजारमा ०.४७ प्रतिशतको गिरावट हो । आज १० अर्ब २० करोड २७ लाख १ हजार ३ सय ४४ रुपैयाँ बराबर कारोबार भएको छ ।
आइतबार होटल र पर्यटन उपसूचकमा उछाल देखिए पनि अन्य उपसूचक भने बढ्न सकेनन् । आइतबार नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी र क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको मूल्य सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ ।
यी धितोपत्रको मूल्य क्रमशः २४५७.६० र २०३१.७० रुपैयाँ पुगेको छ । आज सबैभन्दा धेरै सिन्धु विकास बैंकका लगानीकर्ताले गुमाए ।