ईसाई धर्मगुरु पोप लियोको पहिलो सम्बोधनमा दिगो शान्तिको कामना

सहयात्रा टिभी

काठमाडौं । वैशाख २९, क्याथोलिक ईसाई धर्मगुरु पोप लियोले भ्याटिकन सिटीबाट पहिलो पटक मानिसहरूलाई सम्बोधन गर्नुभएको छ ।

आफ्नो पहिलो सम्बोधनमा उहाँले विश्वका शक्तिशाली देशहरूलाई अब युद्ध नगर्न अपील गर्नुभएको बीबीसीले जनाएको छ ।

सम्बोधनका क्रममा पोप लियोले युक्रेनमा शान्ति र गाजामा युद्धविरामको बारेमा चर्चा गर्नुभयो । उहाँले गाजामा भइरहेका घटनाहरूबाट आफूलाई गहिरो दुःख लागेको बताउनुभयो ।

यसका साथै उहाँले भारत र पाकिस्तानबीच भएको युद्धविरामको पनि स्वागत गर्नुभएको छ । पोप लियोले भारत र पाकिस्तानबीच दिगो मेलमिलापको आशा व्यक्त गर्दै युक्रेनका लागि पनि दिगो शान्तिको कामना गर्नुभयो ।

पोप फ्रान्सिसको मृत्युपछि पोप लियो क्याथोलिक चर्चको नयाँ पोप निर्वाचित हुनुभएको हो ।

 

प्रकाशित : 12 May, 2025

प्रतिक्रिया दिनुहोस्