बसमा मोटरसाइकल ठोक्किँदा १ जनाको मृत्यु

सहयात्रा टिभी

काठमाडौं । वैशाख २९, म्याग्दीको अन्नपूूर्ण गाउँपालिका–३ दानामा सोमबार मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

बेनी–जोमसोम–कोरला सडकअन्तर्गत दानादेखि बेनीतर्फ आउँदै गरेको ग. १६प ६१६४ नम्बरको मोटरसाइकल बेनीदेखि जोमसोमतर्फ जाँदै गरेको ग. २ख २१३९ नम्बरको बसमा ठोक्किँदा दुर्घटना भएको हो ।

मोटरसाइकल चालक वीरगञ्जका अन्दाजी २० वर्षीय अफताप सलमानको घटनास्थलमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय दानाका प्रमुख श्यामबहादुर रानाले बताए ।

अफताप दानामा मोटरसाइकल मर्मत केन्द्र सञ्चालन गर्दै आएका थिए । बसका चालकले तीव्र गतिमा मोटरसाइकल आफूूतर्फ आइरहेको देखेपछि आफ्नै साइडमा गाडी रोकेका थिए । मोटरसाइकल एक्कासी गाडीमा आएर ठोक्किँदा दुर्घटना भएको प्रत्यक्षदर्शीले बताएका छन् ।

प्रकाशित : 12 May, 2025

प्रतिक्रिया दिनुहोस्