अवरुद्ध बीपी राजमार्ग पूर्ण रुपमा सञ्चालनमा आयो

सहयात्रा टिभी

काठमाडौं । वैशाख ३०, अविरल वर्षाका कारण हिजो (सोमबार) रातिदेखि अवरुद्ध भएको बीपी राजमार्ग पूर्ण रुपमा सञ्चालनमा आएको छ ।

केहीबेर अघिबाट राजमार्ग दुईतर्फी सञ्चालनमा आएको जानकारी प्राप्त भएको छ । बीपी राजमार्गको माम्तीस्थित रोशी खोलाको बाढीले सोमबार राति डाइभर्सन बगाएको थियो ।

बगाएको डाइभर्सन पुरिएको र खोला डाइभर्ट गरिएको उनले बताए । पूर्वबाट आइरहेको सवारीलाई खुर्कोट र नेपालथोकमा तथा काठमाडौंबाट पूर्व गइरहेका गाडीलाई भकुण्डेबेसीमा रोकिएको थियो । अहिले रोकिएका सवारीहरू विस्तारै सञ्चालनमा ल्याइएको हो ।

 

 

 

 

 

प्रकाशित : 13 May, 2025

प्रतिक्रिया दिनुहोस्