मंगलबार दोहोरोअंकले घट्यो नेप्से

काठमाडौं । वैशाख ३०, मंगलबार दोहोरो अंकले सेयर बजार परिसुचक नेप्से घटेको छ । सेयर बजार परिसुचक नेप्से १४.८७ अंक गिरावट आएको छ ।
सो अंकको कमीपछि नेप्से परिसूचक २६३४ अंकमा कायम भएको छ । कारोबार सुरु भएको ६ मिनेटमै बजार २६६९ अंकसम्म पुगेको थियो, जुन आजका लागि अधिकतम अंक रह्यो ।
बजार घट्दा कारोबार रकम पनि केही घटेको छ । अघिल्लो दिन १० अर्ब २० करोडको कारोबार भएकोमा आज ९ अर्ब ६३ करोडको भयो ।
७७ कम्पनीको मूल्य बढ्दा १६८ को घट्यो भने एउटाको स्थिर रह्यो । बजारको पूँजीकरण ४३ खर्ब ८१ अर्ब रुपैयाँमा झरेको छ ।