महिला टी–२०मा नेपालद्धारा हङकङलाई २९ रनको लक्ष्य

काठमाडौं । वैशाख ३०, आईसीसी महिला टी–२० विश्वकप एशिया छनोटमा नेपालद्धारा हङकङलाई २९ रनको लक्ष्य दिएको छ ।
थाइल्यान्डको एआईटी ग्राउन्टमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५ ओभरमा ३ विकेट गुमाएर २९ रन बनायो ।
दिउँसो सवा १२ बजे शुरू हुनुपर्ने खेल वर्षाका कारण प्रभावित भएपछि ५ ओभरमा झारिएको छ । नेपालकी सम्झनाकुमारी खड्काले सबैभन्दा धेरै १० रन बनाइन् । हङकङकी मे वे सुले ३ विकेट लिइन् ।
यसअघिको खेलमा नेपालले बहराइनलाई ९ विकेटले हराएको थियो । यस्तै नेपाल र हङकङबीचको पहिलो खेल वर्षाका कारण रद्द भएको थियो । नेपालले पर्सि बिहीवार फेरि बहराइनसँग खेल्नेछ ।