पोखरातर्फ आउँदै गरेको बस दुर्घटनामा २२ जना घाइते

काठमाडौं । वैशाख ३१ , पोखरा महानगरपालिका–२२ स्थित दहरा घुम्तीनजिकै स्तुपाबाट पोखरातर्फ आउँदै गरेको बस दुर्घटनामा परेको छ ।
ग १ ख ३८८६ नम्बरको बस नियन्त्रण गुमाएर दुर्घटना भएको हो । छोरेपाटन बजारदेखि केही माथि नगर बस घुम्दीबाट खसेको हो ।
जिल्ला प्रहरी कार्यालय, कास्कीका डीएसपी हरि बस्नेतका अनुसार, दुर्घटनामा परेर चालक र सहचालकसहित २२ जना घाइते भएका छन् ।
घाइतेहरूलाई उपचारका लागि गण्डकी मेडिकल कलेज पठाइएको डीएसपी बस्नेतले अनलाइनखबरलाई जानकारी दिए । बसमा २६ जना सवार रहेको भन्ने बुझिएको प्रहरीले बताएको छ । थप विवरण आउन बाँकी छ ।