कार्यविधि विपरीत भीआईपीलाई पीएसओ दिइएको खुलासा

सहयात्रा टिभी

काठमाडौं । जेठ १ ,कार्यविधि विपरीत भीआईपीहरूलाई पर्सनल सेक्युरेटी अफिसर (पीएसओ) दिइएको खुलेको छ ।

 

महालेखापरीक्षकको ६२औं प्रतिवेदनले कार्यविधि विपरीत व्यक्तिगत सुरक्षाकर्मी (पीएसओ) दिइएको औंल्याएको हो । विशिष्ट व्यक्तिहरूको सुरक्षा र व्यवस्थापन कार्यविधि, २०८१ मा भीआईपी व्यक्तिलाई दिइने सुरक्षाकर्मीबारे उल्लेख छ ।

उक्त कार्यविधिअनुसार बहालवाला अति विशिष्ट तथा विशिष्ट व्यक्तिलाई ३४६, पूर्व पदाधिकारीलाई १३०, संघीय संसदका पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधासम्बन्धी ऐन, २०७३ अनुसार ३० गरी ५०६ जना खटाउन सकिने उल्लेख छ ।

तर गृह मन्त्रालयले यो वर्ष बहालवाला विशिष्ट व्यक्तिहरूको वैयक्तिक सुरक्षामा नेपाल प्रहरीबाट ५९७ र सशस्त्र प्रहरीबाट ३७७ गरी ९७४ सुरक्षाकर्मी खटाएको औंल्याएको छ ।

यसरी कार्यविधि विपरीत सुरक्षाकर्मी खटाउँदा यति नियमित काममा भने जनशक्ति कम भएर असर पर्ने गरेको छ ।

 

प्रकाशित : 15 May, 2025

प्रतिक्रिया दिनुहोस्