आज सुनको मुल्यमा गिरावट आयो

सहयात्रा टिभी

काठमाडौं । जेठ १ , आज सुनको मुल्यमा गिरावट आएको छ । सुनको मुल्य तीन हजार पाँच सय रुपैयाँले घटेर तोलाको एक लाख ८१ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुनको भाउ तोलाको एक लाख ८५ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै आज चाँदीको भाउ पनि घटेको छ ।

चाँदीको भाउ ३५ रुपैयाँले घटेर तोलाको एक हजार नौ सय २५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको एक हजार नौ सय ६० रुपैयाँ रहेको थियो ।

 

प्रकाशित : 15 May, 2025

प्रतिक्रिया दिनुहोस्