अन्तर्राष्ट्रियस्तरको सम्मेलन ‘सगरमाथा संवाद’शुरू

सहयात्रा टिभी

काठमाडौं । जेठ २ , जलवायु परिवर्तन, हिमाल र मानवताको भविष्य’ अवधारणामा केन्द्रित अन्तर्राष्ट्रियस्तरको सम्मेलन ‘सगरमाथा संवाद’ शुरू भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज विशेष समारोहमा संवादको उद्घाटन गर्नुभएको हो ।

समारोहमा स्वदेशी र विदेशी गरी तीन सय ५० जना भन्दाबढी विशिष्ट व्यक्तिको सहभागिता रहेको छ । समारोहमा परराष्ट्रमन्त्री एवम् संवाद व्यवस्थापन समितिका संयोजक डा।आरजु राणा देउवाले विशिष्ट अथितिको स्वागत गर्नुभएको छ ।

पर्सि आइतवारसम्म सञ्चालन हुने संवादमा उद्घाटन सत्रपछि विषयगत एवम् समानान्तर सत्रहरु सञ्चालन हुनेछन् । आजै छुट्टाछुट्टै विषयका समानान्तर सत्रको शुरूआत हुने र सबै सत्र भोलि दिउँसो साढे ४ बजेसम्म सकिने कार्यसूची छ ।

राजनीतिज्ञ, नीति निर्माता, विद्वान, विज्ञ एवम् विषयज्ञाता र अनुसन्धानकर्ताको गहन ढङ्गको छलफल एवम् विचार आदानप्रदान तथा विश्लेषणका माध्यमबाट जलवायु परिवर्तन र पर्वतीय समस्या समाधान तथा सम्भावनामा जोड दिइने छ ।

नेपालले संरक्षणमा गरेको आफ्ना असल अभ्यासबारे विश्वलाई जानकारी गराउन र जलवायु सङ्कट समाधानमा विश्वका असल अभ्यास तथा समाधानका उपाय सिक्नका लागि संवाद उपयोगीसिद्ध हुने विश्वास लिइएको छ । हरेक दुई वर्षमा सगरमाथा संवादको आयोजना गर्ने सरकारले यसअघि नै निर्णय गरेको हो ।

 

प्रकाशित : 16 May, 2025

प्रतिक्रिया दिनुहोस्