वर्तमान सत्ता गठबन्धन ०८४ को चुनावसम्मै टिक्छ: शंकर पोखरेल

सहयात्रा टिभी

काठमाडौं । जेठ ७, नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले वर्तमान सत्ता गठबन्धन आगामी २०८४ सालको निर्वाचनसम्म नै निरन्तर रहने दाबी गरेका छन् । प्रेस चौतारी दाङ शाखाले आज आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले सरकार ढल्ने वा परिवर्तन हुने भन्ने हल्ला निराधार भएको बताए ।

महासचिव पोखरेलले सत्ता साझेदार दलहरूबीच असमझदारी पैदा नभएसम्म सरकार नढल्ने स्पष्ट पारे । “जबसम्म सत्ता साझेदार दलहरूबीच असमझदारी हुँदैन, सरकार ढल्दैन,” उनले भने, “यदि असमझदारी भयो भने कसैले भनिरहनु पर्दैन, सरकार स्वतः संकटमा पर्छ।”

उनले साना दलहरूले ठूला दलमाथि अनावश्यक दबाब सिर्जना गर्ने परिपाटीको अन्त्य गर्नुपर्ने आवश्यकता औंल्याउँदै, वर्तमान गठबन्धन चुनावी परिणामको उपज भएको बताए । साथै, गठबन्धन सरकार कुनै एक दलको एकल नीतिमा नभई साझा सहमतिका आधारमा सञ्चालन हुनेमा उनले जोड दिए ।

प्रकाशित : 21 May, 2025

प्रतिक्रिया दिनुहोस्