गृह मन्त्रालयका सहसचिव भट्टराई प्रहरीको नियन्त्रणमा

काठमाडौं । जेठ ७, गृह मन्त्रालयका सहसचिव तीर्थराज भट्टराई पक्राउ परेका छन् । उनलाई केहीबेर अघिमात्रै प्रहरीले नियन्त्रणमा लिएको हो ।
उनी हिजो बेलुकीमात्रै सरुवा भएर गृह मन्त्रालय पुगेका थिए । यसअघि उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका प्रमुख अध्यागमन अधिकृत थिए ।
अख्तियारले केहीबेर अघिमात्रै विमानस्थल अध्यागमनमा छापा मारेको थियो । थप विवरण आउन बाँकी छ ।