बैतडीमा ५.१ म्याग्निच्युडको भूकम्प, स्थानीय त्रसित

काठमाडौं । जेठ ९, बैतडी जिल्लामा आज बिहान भूकम्पको धक्का महसुस गरिएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र, काठमाडौंका अनुसार बिहान १ बजेर ४८ मिनेटमा बैतडीको खलंगा आसपास केन्द्रबिन्दु भएर ५.१ म्याग्निच्युडको भूकम्प गएको हो।
मध्यरातमा मस्त निद्रामा रहेका सर्वसाधारण भूकम्पको धक्काले ब्युँझिएका थिए र उनीहरुमा त्रास फैलिएको थियो।
भूकम्पबाट भएको मानवीय वा भौतिक क्षतिको विवरण भने हालसम्म प्राप्त भइसकेको छैन। जिल्ला प्रहरी कार्यालय बैतडीले भूकम्पबाट भएको सम्भावित क्षतिबारे जानकारी लिन मातहतका सबै प्रहरी युनिट र स्थानीय तहहरूसँग समन्वय गरी सूचना संकलन कार्य भइरहेको जनाएको छ। थप विवरण आउन बाँकी छ।