आज गोलभेँडाको भाउमा गिरावट

सहयात्रा टिभी

काठमाडौं । जेठ ९, स्थानीय बजारमा गोलभेँडाको भाउमा गिरावट आएको छ । कालीमाटी तरकारी तथा फलफूल बजार विकास समितिले सार्वजनिक गरेको तथ्यांक अनुसार आज शुक्रबार गोलभेँडाको भाउमा गिरावट आएको हो ।

आज भारतीय ठूलो गोलभेँडाको भाउ थोकमा प्रतिकिलो १८ रुपैयाँ घटेको छ । बिहीबार प्रतिकिलो ५५ रुपैयाँमा किनबेच भएको भारतीय ठूलो गोलभेडाँको भाउ आज ३७ रुपैयाँ कायम छ ।

आज लोकल सानो गोलभेँडा थोकमा प्रतिकिलो ११ रुपैयाँ घटेको छ । लोकल गोलभेँडा किलोको ४१ रुपैयाँ कायम छ । बिहीबार लोकल गोलभेँडा प्रतिकिलो ५२ रुपैयाँमा किनबेच भएको थियो ।

यस्तै टनेलको सानो गोलभेँडाको भाउ प्रतिकिलो १५ रुपैयाँ घटेको छ । आज टनेलको सानो गोलभेँडा किलोको ५० रुपैयाँमा किनबेच भइरहेको छ । बिहीबार प्रतिकिलो ६५ रुपैयाँ थियो।

 

प्रकाशित : 23 May, 2025

प्रतिक्रिया दिनुहोस्