आईपीएलमा आज आरसीबी र सनराइजर्स हैदराबाद खेल्दै

सहयात्रा टिभी

काठमाडौं । जेठ ९, इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज रोयल च्यालेन्जर्स बेङ्गलुरु (आरसीबी) र सनराइजर्स हैदराबाद खेल्दैछन् ।

लखनउमा हुने खेल नेपाली समय अनुसार बेलुका पौने ८ बजे शुरु हुनेछ । आरसीबी १२ खेलमा १७ अङ्कसहित तालिकाको दोश्रो स्थानमा छ ।

समान खेलमा हैदराबाद नौ अङ्कसहित तालिकाको आठौं स्थानमा छ । हिजो भएको खेलमा लखनउ सुपर जाइन्ट्सले शीर्षस्थानको गुजरात टाइटन्सलाई ३३ रनले हराएको थियो ।

 

प्रकाशित : 23 May, 2025

प्रतिक्रिया दिनुहोस्