भन्सार शुल्क कम गर्न ट्रम्पलाई जापानका प्रधानमन्त्रीको दबाब

काठमाडौं । जेठ ९, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई भन्सार शुल्क कम गर्न जापानका प्रधानमन्त्री शिगेरु इसिवाले दबाब दिनुभएको छ ।
जापानका प्रधानमन्त्री इसिबाले फोनवार्तामार्फत अमेरिकी राष्ट्रपति ट्रम्पलाई कर कम गर्ने विषयमा नयाँ वार्ताअघि दबाब दिनुभएको समाचार संस्था एएफपीले जनाएको छ । इसिबाले ट्रम्पसँग ४५ मिनेट कुरा गरेको र भन्सार शुल्क तथा आर्थिक सुरक्षासहित विभिन्न विषयमा छलफल भएको
अमेरिकाको प्रमुख सहयोगी र सबैभन्दा ठूलो लगानी आज बिहान जानकारी दिनुभएको छ ।
कर्ता जापानमाथि अमेरिकाले अधिकांश देशमा लगाइएका समानमा १० प्रतिशत आधारभूत भन्सार शुल्क र कार, स्टिल र एल्युमिनियममा कडा भन्सार शुल्क लगाएको छ ।
ट्रम्पले अप्रिलको शुरुमा जापानमाथि २४ प्रतिशत ‘पारस्परिक’ कर लगाउने घोषणा गर्नुभएको थियो । तर पछि यो निर्णय स्थगित गर्नुभयो ।
पछिल्लो कुराकानीमा आफूले अमेरिकी भन्सार शुल्कको विषयमा जापानको धारणा राखेको र यो केवल भन्सार शुल्कको मात्र कुरा नभई लगानीको पनि कुरा रहेको प्रधानमन्त्री इसिवाले बताउनुभयो ।