पहाडी भूभागमा वर्षा, हिमाली क्षेत्रमा हिमपातको सम्भावना

सहयात्रा टिभी

काठमाडौं । जेठ १४, जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी तथा स्थानीय वायुको साथै बंगालको खाडीबाट भित्रिएको जलवाष्पयुक्त हावाको आंशिक प्रभाव रहेको छ।

आज दिउँसो लुम्बिनी प्रदेशलगायत देशका पहाडी भूभागमा मौसम आंशिकदेखि साधारणतया बदली रहनेछ भने बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहनेछ। पहाडी भूभागका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

आज राति बागमती र गण्डकी प्रदेशलगायत देशका पहाडी भूभागमा मौसम आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम सफा रहने अनुमान छ। राति बागमती र गण्डकी प्रदेशका साथै अन्य प्रदेशका पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

देशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षा र हिमपात हुन सक्ने पूर्वानुमान गरिएको छ।

प्रकाशित : 28 May, 2025

प्रतिक्रिया दिनुहोस्