लमजुङमा आगलागी हुँदा एक जना महिलाको ज्यान गयो

काठमाडौं । जेठ १४, लमजुङको सुन्दर बजार नगरपालिका–९ बुद्धटोलमा रहेको एक घरमा आगलागी हुँदा एक महिलाको ज्यान गएको छ ।
स्थानीय बासिन्दा भरत थापाको घरमा आगलागी हुँदा भाडामा बसेकी दोर्दी गाउँपालिका–१ की ७० वर्षीया मिठी थापाको ज्यान गएको हो ।
आज बिहानै साढे तीन बजे आगलागी भएपछि प्रहरी र स्थानीयले उहाँ बसेको कोठाको ढोका फोरेर उहाँलाई बाहिर निकालेको थियो ।
जलेर गम्भीर घाइते थापाको बेँसीशहरको प्रदेश अस्पतालमा उपचारका क्रममा ज्यान गएको जानकारी प्राप्त भएको छ ।