प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगे देउवा

सहयात्रा टिभी

काठमाडौं । जेठ १४, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, गृहमन्त्री रमेश लेखक र स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेललाई लिएर प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका छन् ।

प्रधानमन्त्री ओलीका प्रेसविज्ञ रामशरण बजगाईंले छलफल जारी रहेको जानकारी गराए । भिजिट भिसा प्रकरणलाई लिएर प्रतिपक्ष दलले गृहमन्त्री लेखकको राजीनामा माग गरेर संसद चल्न दिएका छैनन् । बुधबार ११ बजेका लागि बोलाइएको संसद बैठक नियमित समयमा सुरु भएको छैन ।

यसै सन्दर्भमा ओली र देउवाबीच मन्त्रीसहित भएको भेटलाई चासोका साथ हेरिएको छ ।

प्रकाशित : 28 May, 2025

प्रतिक्रिया दिनुहोस्