भोलिहुने प्रदर्शनमा मानवअधिकारको ख्याल गर्न एआईजीको निर्देशन

सहयात्रा टिभी

काठमाडौं । जेठ १४, काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख एआईजी टेकबहादुर तामाङले प्रदर्शन नियन्त्रणको क्रममा संयमता अपनाउन र मानवअधिकारको ख्याल गर्न निर्देशन दिएका छन् ।

काठमाडौंमा राजावादीको भोलिहुने प्रदर्शनको अघिल्लो दिन आजै मातहतका प्रहरी अधिकारीलाई निर्देशन दिँदै एआईजी तामाङले प्रदर्शनको क्रममा बल प्रयोग गर्नु पर्ने अवस्था आए अवलम्बन गर्नुपर्ने बल प्रयोगको सिद्धान्त र मानव अधिकारको सम्मान गर्न निर्देशन दिएका हुन् ।

उनले सामूहिक भावनाले भीड नियन्त्रणमा खटिन पनि निर्देशन दिएका छन् । एआईजी तामाङले काठमाडौं उपत्यकामा हुने कुनै पनि विरोध प्रदर्शनको कार्यक्रममा भिड नियन्त्रणमा अग्रपंक्तिमा खटिने प्रहरी कर्मचारीहरूलाई सामूहिक भावनाका साथ ऐक्यवद्ध प्रदर्शन गर्न पनि भनेका छन् । साथै, उच्च मनोबलका साथ पूर्ण व्यावसायिक तवरले कार्य गर्न उनले निर्देशन दिएका छन् ।

बल प्रयोग गर्नुपर्ने अवस्थामा अबलम्बन गर्नुपर्ने बल प्रयोगको सिद्धान्त र मानव अधिकारको सम्मान गर्न उपस्थित अधिकृतहरूलाई निर्देशन दिएको बताइएको छ ।

कार्यक्रममा नेपालका प्रहरी वरिष्ठ उपरीक्षकहरू, प्रहरी उपरीक्षकहरू, सिनियर प्रहरी अधिकृतहरू तथा अन्य प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

 

 

 

प्रकाशित : 28 May, 2025

प्रतिक्रिया दिनुहोस्