नेप्से ०.६१ प्रतिशतले बृद्धि

काठमाडौं । जेठ १४, बुधबार सेयर बजार परिसूचक नेप्से १७.४४ अंक बढेको छ । सो वृद्धिपछि नेप्से २६९३ अंकमा कायम भएको छ ।
बजारसँगै कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन ६ अर्ब ५२ करोडको कारोबार भएकोमा आज ८ अर्ब ५८ करोडको भयो । १४८ कम्पनीको मूल्य बढ्दा ९७ को घट्यो भने २ को स्थिर रह्यो ।
आज २ स् १० बजेपछि बजारले वृद्धिको लय समातेको हो । बजार वृद्धिमा बैंकिङ सेक्टरको सबैभन्दा ठूलो योगदान रह्यो । समग्र नेप्से ०.६१ प्रतिशत बढ्दा बैंकिङ सेक्टर सबैभन्दा धेरै १.८८ प्रतिशत बढ्यो ।
दुई कम्पनीको मूल्य १० प्रतिशत बढेको छ । ओम मेगाश्री फर्मास्युटिकल्स र पियोर इनर्जीको मूल्य १० प्रतिशत बढ्यो । त्यस्तै ग्रिन डेभलपमेन्ट बैंकको ९.८५, भूगोल इनर्जीको ९.१५, अरुण काबेली पावरको ५.८९ प्रतिशत मूल्य बढ्यो ।
रकमका आधारमा धेरै कारोबार भएका पाँच कम्पनीमा ङादी ग्रुप, राधि विद्युत्, युनिभर्सल पावर, बुटवल पावर र कुमारी बैंक छन् ।