पत्रकार सम्मेलन गर्दै गृहमन्त्रीले आफूविरुद्ध राजनीतिक पूर्वाग्रह भएको दाबी

सहयात्रा टिभी

काठमाडौं । जेठ १४, गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको दाबी गरेका छन् ।

बुधबार पत्रकार सम्मेलन गर्दै गृहमन्त्री लेखकले आफूविरुद्ध राजनीतिक पूर्वाग्रहका आधारमा षड्यन्त्र भएको बताए ।

‘सबैभन्दा पहिलो जसरी यो विषय ९भिजिट भिसा० मा मेरो संलग्नता देखाएर सामाजिक सञ्जालमार्फत धारणा भएका छन् । यो असत्य कुरा हुन्, यो बेठिक कुरा हो । यसमा मेरो कुनै संलग्नता छैन,’ गृहमन्त्री लेखकले भनेका छन् ।

साथै, उनले आफूविरुद्ध नियोजित र षड्यन्त्रपूर्वक ढंगबाट आक्रमण भएको बताए ।

‘मेरा विरुद्धमा नियोजित र षड्यन्त्रपूर्वक ढंगबाट आक्रमण भएको छ,’ लेखकले भने, ‘यो आक्रमण राजनीतिक पूर्वाग्रहले प्रेरित छ, षड्यन्त्रमूलक छ र यो क्रम जारी छ भन्ने मैले अनुभूत गरेको छु ।’

 

प्रकाशित : 28 May, 2025

प्रतिक्रिया दिनुहोस्