सभामुखले बोलाए कार्यव्यवस्थाको बैठक

सहयात्रा टिभी

काठमाडौं । जेठ १६, सभामुख देवराज घिमिरेले संसदमा जारी गतिरोध अन्त्य गर्ने र बजेटमाथिको छलफलको समय निर्धारण गर्ने उद्देश्यले आज कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन्। बैठक मध्याह्न १२ बजेका लागि तय भएको छ।

त्यसअघि, सभामुख घिमिरेले बिहान ११ बजे मुख्य सचेतक र प्रमुख सचेतकहरूसँग छलफल गर्दैछन्। सभामुखको सचिवालयका अनुसार यी छलफल तथा बैठकहरू संसदलाई सुचारु गर्ने दिशामा केन्द्रित छन्।

प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रसहितका विपक्षी दलहरूले भिजिट भिसा अनियमितता प्रकरणमा गृहमन्त्री रमेश लेखक मुछिएको भन्दै उनको राजीनामा माग गर्दै संसद अवरुद्ध गर्दै आएका छन् । जेठ १५ गते बजेट प्रस्तुत गर्न दिएका विपक्षी दलहरूले आजबाट पुनः अवरोधको कार्यक्रमलाई निरन्तरता दिने जनाएका छन् ।

सभामुखका प्रेस विज्ञ शेखर अधिकारीले संसदको अवरोध हटाउने लगायतका विषयमा छलफल गर्न सभामुख घिमिरेले छलफल तथा बैठक बोलाएको जानकारी दिए ।

प्रकाशित : 30 May, 2025

प्रतिक्रिया दिनुहोस्