शुक्रबार आँपको मूल्य घट्यो

काठमाडौं । जेठ १६, बजारमा आँपको मूल्य घटेको छ । कालीमाटी तरकारी तथा फलफूल बजार विकास समितिको तथ्यांकले शुक्रबार आँपको मूल्य घटेको देखाएको हो ।
बजारमा दुई सताअघिदेखि विभिन्न जातका आँप भित्रिएको छ । अहिले मालदह, दसहरी लगायत आँप किन्न पाइन्छ ।
कालीमाटी बजारमा आज दसहरी आँपको मूल्य घटेको छ । बिहीबार दसहरी आँप प्रतिकिलो १ सय ७६ रुपैयाँमा किनबेच भएको थियो । आज भने उक्त आँप प्रतिकिलो ९० रुपैयाँमा किनबेच भइरहेको छ ।