गृहमन्त्रीले राजीनामा नदिएसम्म संसद अवरोध जारी राख्ने माओवादीको निर्णय

सहयात्रा टिभी

काठमाडौं । जेठ १६, नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठकले गृहमन्त्री रमेश लेखकले राजीनामा नदिएसम्म संसद अवरोध जारी राख्ने निर्णय गरेको छ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा शुक्रबार बिहान बसेको बैठकले भिजिट भिसा प्रकरणमा जोडिएका लेखकले राजीनामा नदिएसम्म अवरोध जारी राख्ने निर्णय गरेको सचिव लिलामणि पोरखेलले जानकारी दिए ।

माओवादी केन्द्र लगायत प्रतिपक्षी दलहरूले गृहमन्त्री लेखकको राजीनामा माग गर्दै संसद अवरूद्ध गर्दै आएका छन् । जेठ १५ गते भने बजेट ल्याउन सहजताको लागि प्रतिपक्षी दलहरूले संसद अवरुद्ध नगर्ने निर्णय गरेका थिए ।

बैठकमा पार्टीले सञ्चालन गरिरहेको मध्यपहाडी जागरण अभियान जारी राख्ने र वाइसीएलको महाधिवेशन बारे पनि छलफल गरेको पोखरेलले जानकारी दिए ।

बैठकमा गंगानारायण श्रेष्ठ नेतृत्वको नेपाल समाजवादी पार्टीसँग एकतापछि नेता कार्यकर्ता समायोजन बारे छलफल भएको श्रेष्ठले जानकारी दिए ।

 

प्रकाशित : 30 May, 2025

प्रतिक्रिया दिनुहोस्