डीआईजी हिमालय कुमार श्रेष्ठको सरुवा

काठमाडौं । जेठ १६, नेपाल प्रहरीका नायब महानिरीक्षक (डीआईजी) हिमालय कुमार श्रेष्ठको सरुवा भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग, प्रहरी महाशाखा टंगाल काठमाडौंमा रहेका श्रेष्ठलाई काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरी सरुवा गरिएको हो ।
रानीपोखरीका डीआईजी ध्रुवराज राउत अनिवार्य अवकाशमा गएपछि खाली ठाउँमा श्रेष्ठलाई सरुवा गरिएको प्रहरी उपरीक्षक योगेन्द्र सिंह थापाले जानकारी दिए ।