यी चार प्रदेशमा वर्षा र हिमपातको सम्भावना

सहयात्रा टिभी

काठमाडौं । जेठ १८, जल तथा मौसम विज्ञान विभाग अन्तरगतको मौसम पूर्वानुमान महाशाखाले आज देशका विभिन्न भूभागमा मौसममा बदली रहने तथा केही स्थानमा वर्षा र हिमपातको सम्भावना रहेको जनाएको छ। महाशाखाका अनुसार हाल देशको पश्चिम र मध्य भूभागमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहँदा कोशी प्रदेशका अधिकांश भागमा मनसुनी वायु सक्रिय रहेको छ।

आज दिउँसोको मौसम:
आज दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। बाँकी भागमा मौसम सफादेखि आंशिक बदली रहने पूर्वानुमान छ।

कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका साथै देशका अन्य पहाडी भागका केही स्थानमा र बाँकी भूभागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ। साथै, देशको उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का वर्षा र हिमपातको पनि सम्भावना छ।

आज रातिको मौसम:
महाशाखाका अनुसार आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। कोशी, मधेस, बागमती र गण्डकी प्रदेशलगायत देशका पहाडी भागका केही स्थानमा र बाँकी भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना कायमै रहने महाशाखाको पूर्वानुमान छ।

मौसमविदहरूले सम्भावित मौसमी बदलीलाई ध्यानमा राखी आवश्यक सतर्कता अपनाउन आग्रह गरेका छन्।

प्रकाशित : 1 June, 2025

प्रतिक्रिया दिनुहोस्