आईसीसीले गरो वेस्ट इन्डिजलाई जरिवाना

सहयात्रा टिभी

काठमाडौं । जेठ १८, अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले वेस्ट इन्डिजलाई जरिवाना गरेको छ ।

मे २९ मा बर्मिङ्घमको एजबास्टनमा भएको घरेलु टोली इङ्ग्ल्यान्डसँगको पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा स्लो ओभर रेटका कारण आईसीसीले वेस्ट इन्डिजलाई जरिवाना गरेको हो ।

शाई होपको कप्तानीमा रहेको वेस्ट इन्डिज निर्धारित समयमा एक ओभर पछि परेपछि आईसीसी एलिट प्यानलका म्याच रेफ्री जेफ क्रोले प्रत्येक खेलाडीलाई खेल शुल्कको ५ प्रतिशत जरिवाना गरेका हुन् ।

यो जरिवाना खेलाडी र खेलाडी सहयोगी कर्मचारीहरूका लागि आईसीसी आचारसंहिताको धारा २.२२ अनुरूप छ जुन न्यूनतम ओभर–रेट अपराधहरूसँग सम्बन्धित छ ।

आईसीसीको नियम अनुसार कुनै पनि टोलीका खेलाडीहरूले तोकिएको समयभित्र बलिङ नसकेमा प्रत्येक ओभरका लागि उनीहरूलाई खेल शुल्कको ५ प्रतिशत जरिवाना गरिन्छ ।

पहिलो एकदिवसीय क्रिकेट इङ्गल्यान्डले २ सय ३८ रनले जितेको थियो । इङ्गल्यान्ड र वेस्ट इन्डिजबीचको ३ खेलको एकदिवसीय शृङ्खलाको दोस्रो खेल अहिले भइरहेको छ ।

 

प्रकाशित : 1 June, 2025

प्रतिक्रिया दिनुहोस्