राजावादीहरूको प्रदर्शन आज सिफल चौरमा

काठमाडौं । जेठ २०, राजसंस्था र हिन्दु राज्यको पुनर्स्थापनाको माग राख्दै आन्दोलनरत राजावादीहरूले आज काठमाडौंको सिफल चौरमा विरोध प्रदर्शन गर्ने भएका छन्। संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले दिउँसो २ बजे सिफल चौरबाट प्रदर्शन सुरु हुने जानकारी दिएका छन् ।
यसअघि, जेठ १९ गते सोमबार नारायणहिटी दरबार हत्याकाण्डको स्मृतिमा शोक मनाउन उनीहरूले प्रदर्शन स्थगित गरेका थिए । सोही दिन साँझ उनीहरूले दिवंगत राजपरिवारका सदस्यहरूको सम्झनामा कमलादीस्थित गणेश मन्दिर परिसरमा दीप प्रज्वलन गरेका थिए ।
राजावादीहरूले गणतन्त्र घोषणा भएको दिन, जेठ १५ गतेदेखि नै आफ्ना मागहरू सहित निरन्तर प्रदर्शन गर्दै आएका छन् । उनीहरूले राजसंस्था र हिन्दुराज्य पुनर्स्थापना नभएसम्म यो आन्दोलन जारी रहने प्रतिबद्धता व्यक्त गरेका छन् ।