सत्ता पक्ष र प्रतिपक्षी दलहरू छुट्टाछुट्टै छलफलमा जुटे

सहयात्रा टिभी

काठमाडौं । जेठ २०, सभामुख देवराज घिमिरेसँगको संयुक्त छलफलपछि सत्ता पक्ष र प्रतिपक्षी दलहरू छुट्टाछुट्टै छलफलमा जुटेका छन् ।

यसअघि सभामुखले आह्वान गरेको संयुक्त बैठकमा सभामुख र सत्तापक्षका प्रमुख सचेतकले गृहमन्त्रीलाई बोल्न दिन विपक्षीलाई आग्रह गरेका थिए ।

यसबारे विपक्षी दलहरू सकारात्मक रहेको सत्तापक्षको भनाइ छ । तर विपक्षीले आफूहरूका कुरा प्रष्ट राखेको बताइरहेका छन् ।

राज्यका जिम्मेवार पदाधिकारीको संलग्नतामा भिजिट भिसा मार्फत मानव तस्करी गरिएको आशंका गर्दै विपक्षी दलहरूले २०६४ यताका सबै गृहमन्त्री र श्रममन्त्रीमाथि छानबिन गर्न उच्चस्तरीय छानबिन समिति बनाउनु पर्ने माग सत्तापक्षसमक्ष राखेका छन् ।

 

 

प्रकाशित : 3 June, 2025

प्रतिक्रिया दिनुहोस्