नेप्से परिसूचकमा उच्च गिरावट

सहयात्रा टिभी

काठमाडौं । जेठ २०, मंगलबार सेयर बजारका सबै सूचक घटेका छन् । नेप्से परिसूचक ३५.७३ अंक (१.३२ प्रतिशत) घटेको छ । सो अंकको कमीपछि नेप्से २६५८.९३ मा अडिएको छ ।

बजारको गिरावटसँगै कारोबार रकम घटेको छ । अघिल्लो दिन ९ अर्ब २२ करोडको कारोबार भएकोमा आज ६ अर्ब ६७ करोडको भयो ।

३४ कम्पनीको मूल्य बढ्दा २१४ को घट्यो । आज सबै सेक्टरका सूचक घटेका छन् । बैंकिङ सबैभन्दा धेरै २.३४ प्रतिशत घट्यो । विगत दुई साता बजार बढ्दा यहीं सेक्टर उच्च दरले बढेको थियो ।

राजनीतिक अन्योलताका बीच नाफा बुक गर्ने कारोबारी हाबी हुँदा आज बजार प्रभावित बन्यो ।

रकमका आधारमा आज धेरै कारोबार भएका कम्पनीमा राधि विद्युत्, युनिभर्सल पावर, ङादी ग्रुप, ओम मेगाश्री फर्मास्युटिकल्स र बुटवल पावर क्रमशः अगाडि रहे ।

 

प्रकाशित : 3 June, 2025

प्रतिक्रिया दिनुहोस्