खोलाको बगरमा गाडिएको ११२० किलो गाँजा बरामद

सहयात्रा टिभी

काठमाडौं । जेठ २१, सुनसरी जिल्लाको एक खोलाको बगरमा गाडेर लुकाइएको अवस्थामा प्रहरीले ठूलो परिमाणमा गाँजा बरामद गरेको छ। मंगलबार हरिनगरा गाउँपालिका वडा नम्बर ५ र ६ को सिमाना भएर बग्ने कटान खोलाको बगरमा ३८ वटा बोरामा प्याक गरी राखिएको करिब ११२० किलोग्राम गाँजा फेला परेको हो।

प्रहरीका अनुसार, बरामद गरिएको स्थान भारतीय सीमा क्षेत्र नजिक पर्दछ। यसले गर्दा उक्त गाँजा भारततर्फ तस्करी गर्ने उद्देश्यले त्यहाँ लुकाएर राखिएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ।

जिल्ला प्रहरी कार्यालय सुनसरीले घटनाको पुष्टि गर्दै बरामद गाँजा र यसमा संलग्न व्यक्तिहरुको बारेमा थप अनुसन्धान भइरहेको जनाएको छ। प्रहरीले विशेष सूचनाको आधारमा उक्त स्थानमा छापा मार्दा ठूलो मात्रामा गाँजा बरामद गर्न सफल भएको हो। घटनामा संलग्नहरूको खोजी कार्य तीव्र पारिएको प्रहरीले बताएको छ।

प्रकाशित : 4 June, 2025

प्रतिक्रिया दिनुहोस्