कोशीमा मनसुनी प्रभाव, पहाडी भू-भागमा चट्याङसहित वर्षाको सम्भावना

सहयात्रा टिभी

काठमाडौं । जेठ २२, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पश्चिम र मध्य भू-भागमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहँदा कोशी प्रदेशका अधिकांश क्षेत्रमा मनसुनी वायु सक्रिय रहेको छ।

अहिले कोशी प्रदेशसहित देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेको छ भने बाँकी भू-भागमा मौसम मुख्यतया सफा छ। कोशी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम किसिमको वर्षा भइरहेको महाशाखाले जनाएको छ।

आज दिनभरको मौसम:
महाशाखाका अनुसार आज दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहनेछ। बाँकी भू-भागमा भने मौसम सामान्यतया सफादेखि आंशिक बदली रहने अनुमान छ।

कोशी प्रदेशका केही स्थानहरूमा, साथै मधेश, बागमती र बाँकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा तथा देशका अन्य भू-भागका एक-दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। यसैगरी, उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का वर्षा र हिमपात हुन सक्ने महाशाखाले पूर्वानुमान गरेको छ।

आज रातिको मौसम:
आज राति कोशी र मधेश प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहनेछ। देशका बाँकी भू-भागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहनेछ।

कोशी प्रदेशका थोरै स्थानहरूमा तथा मधेश प्रदेशसहित बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। साथै, कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च-पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको पनि सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

प्रकाशित : 5 June, 2025

प्रतिक्रिया दिनुहोस्