बिहीबार सुनको मूल्य बढ्यो, चाँदी स्थिर

काठमाडौं । जेठ २२, आज बिहीबार नेपाली बजारमा सुनको मूल्यमा वृद्धि भएको छ भने चाँदीको मूल्य भने स्थिर रहेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज छापावाल सुनको मूल्य प्रति तोला ५ सय रुपैयाँले बढेर १ लाख ९३ हजार ७ सय रुपैयाँ कायम भएको छ। अघिल्लो दिन, बुधबार, सुन प्रति तोला १ लाख ९३ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।
यसैगरी, चाँदीको मूल्य आज पनि स्थिर रहँदै प्रति तोला २ हजार ७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।