खाडीका ६ वटा देशले घाममा दिउँसोको समयमा काम गर्न प्रतिबन्ध

काठमाडौं । जेठ २२, खाडीका छ वटा देशले घाम सिधै पर्ने ठाउँमा दिउँसोको समयमा काम गर्न प्रतिबन्ध लगाएका छन् ।
तापक्रम अत्याधिक बढेपछि साउदी अरब, संयुक्त अरब इमिरेट्स (युएई), कतार, कुवेत, ओमान र बहराइनले सिधा घाम पर्ने ठाउँमा दिउँसोको समयमा काम गर्न प्रतिबन्ध लगाएका हुन् । काम गर्न नपाउने मिति र समय देश अनुसार फरक–फरक तय भएको छ ।
गर्मी महिनामा खाडीमा औसत तापक्रम ४० डिग्री सेल्सियस र अधिकतम तापक्रम ५५ डिग्री सेल्सियससम्म पुग्न थालेको छ ।
गएको आइतवार अन्तर्राष्ट्रिय मानव अधिकारवादी संस्था ह्युमन राइट्स वाच (एअचारडब्ल्यू) ले बढ्दो तापक्रममा काम गर्नुपर्ने श्रमिकहरूलाई यसबाट सुरक्षा प्रदान गर्न आग्रह गरेको थियो ।
अन्तर्राष्ट्रिय मानवअधिकारकर्मीहरुले खाडी देशले दिउँसो सिधा घाम पर्ने क्षेत्रमा काम गर्न नपाउने नीतिको प्रभावकारी कार्यान्वयन नभएको बताएका छन् ।
अत्यधिक गर्मीले श्रमिकको शरीरमा दाग लाग्ने, पेट दुख्ने, गर्मी थकान वा गर्मी स्ट्रोक निम्त्याउने समस्या देखिएका एअचारडब्ल्यूले जनाएको छ ।