सरकारद्धारा गैरआवासीय नेपाली सम्बन्धी विधेयकको मस्यौदा तयार

काठमाडौं । जेठ २३, सरकारद्धारा गैरआवासीय नेपाली सम्बन्धी विधेयकको मस्यौदा तयार पारेको छ । गृहमन्त्री रमेश लेखकका अनुसार उक्त विधेयकको मस्यौदा बनेर प्रक्रियामा अगाडि बढेको छ ।
शुक्रबार प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिमा बोल्दै गृहमन्त्री रमेश लेखकले गैरआवासीय नेपाली सम्बन्धी विधेयकको मस्यौदा तयार भइसकेको जानकारी दिएका हुन् ।
उनका अनुसार गैरआवासीय नेपाली नागरिकताको विषयलाई सम्बोधन गर्नका लागि बेग्लै ऐन बनाउन लागिएको हो ।
विभिन्न मन्त्रालयहरुमा राय, परामर्शहरुका लागि अगाडि बढेको उलेख गर्दै गृहमन्त्री लेखकले थपेका छन्, ‘त्यसलाई सरकारले चाँडै क्याबिनेटको सहमतिका साथ सदनमा ल्याउँछ ।’
मन्त्री लेखकका अनुसार गैरआवासीय नेपाली नागरिकता दिँदा संविधानको भावनाअनुसार राजनीतिक अधिकार बाहेक आर्थिक, सामाजिक, सांस्कृतिक अधिकार सहितको नागिरकता दिइनेछ ।