सप्तकोशीमा बेपत्ता गोताखोर सुरज साउदको शव फेला

काठमाडौं । जेठ २५, पूर्वअभ्यासका क्रममा सप्तकोशी नदीमा बेपत्ता भएका सशस्त्र प्रहरी बलका गोताखोर सुरज साउदको शव फेला परेको छ । गत जेठ २२ गतेदेखि हराइरहेका उनको शव कोशी ब्यारेजको ५५ नम्बर ढोका नजिक भेटिएको हो ।
सशस्त्र प्रहरी बलका सहप्रवक्ता तथा डीएसपी शैलेन्द्र थापाका अनुसार, कुरिनटारबाट खटिएको डीएसपी पुरुषोत्तम भण्डारी नेतृत्वको सशस्त्र प्रहरीको अनुभवी गोताखोर टोलीले उनको शव फेला पारेको हो ।
जेठ २२ गते पूर्वअभ्यासका क्रममा साउद र उनका सहकर्मी हरदेव सिंह राजवंशी नदीमा बेपत्ता भएका थिए । राजवंशीको शव घटनाको भोलिपल्ट जेठ २३ गते नै भेटिए पनि साउद भने निरन्तर बेपत्ता थिए ।