प्रतिनिधिसभाको अवरोध खुलाउन दलहरू बहुपक्षीय छलफलमा

सहयात्रा टिभी

काठमाडौं । जेठ २५, प्रतिनिधिसभाको अवरोध खुलाउने विषयमा दलहरू बहुपक्षीय छलफलमा छन् ।

विपक्षी दलहरूको छुट्टै बैठक बसेको छ । सत्तारुढ दल कांग्रेससँग विपक्षी दलहरू माओवादी र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले छुट्टाछुट्टै छलफल गरेको छ । कांग्रेसका नेताहरू पनि विपक्षी दलसँग निरन्तर संवादमा छन् ।

आइतबार बिहान नयाँ बानेश्वरमै विपक्षी दलहरूको बैठक बस्यो । जहाँ माओवादी अध्यक्ष प्रचण्डले कांग्रेस सभापति शेरबहादुर देउवासँगको भेटबारे ब्रिफिङ गरे । प्रचण्ड देउवालाई भेट्न शनिबार उनकै निवास बुढानीलकण्ठ पुगेका थिए ।

त्यसअघि गत शुक्रबार माओवादी अध्यक्ष प्रचण्ड, उपमहासचिवद्धय वर्षमान पुन र शक्ति बस्नेत, एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले कांग्रेसका नेताहरूसँग छलफल गरेका थिए ।

प्रकाशित : 8 June, 2025

प्रतिक्रिया दिनुहोस्