रूसले युक्रेनमाथि केही दिनमै भीषण आक्रमण गर्ने सूचना प्राप्त

काठमाडौं । जेठ २६, अमेरिकी अधिकारीहरूले रूसले युक्रेनमाथि केही दिनमै भीषण आक्रमण गर्ने बताएका छन्।
शुक्रबार रूसले युक्रेनमाथि ४० वटा मिसाइल र ४०० भन्दा बढि ड्रोनहरू प्रयोग गरी हमला गरेको थियो। रूसले उक्त हमलालाई युक्रेनले गत आइतबार रूसी हवाई अड्डाहरुमा गरेको ड्रोन हमलाको जबाफ भनेको थियो।
युक्रेनले त्यस दिन रूसमा गरेको आक्रमण युद्ध सुरू भएको तीन वर्षयताकै ठूलो र साहसिक हमला दाबी गरिएको छ। त्यतिबेला उसले ११७ वटा मानवरहित ड्रोनहरू रूसका विभिन्न हवाई अड्डाहरूमा खसालेको थियो।
उसले त्यसबेला रूसका ४१ वटा विमान (टियू-९५, टियू-२२ र ए-५०) ध्वस्त पारिएको युक्रेनको दाबी छ। यीमध्ये टियू-९५ र टियू-२२ रूसका बमवर्षक विमान (बम्बर) हुन्।
रुसले युक्रेनको उक्त हमलालाई (आतंकवादी हमला) भनेको थियो। त्यसको पाँचौं दिनमा उसले युक्रेनलाई जबाफ दिँदै ठूलो हमला गरेको थियो।