कार्लोस अल्काराज लगातार दोस्रोपटक फ्रेन्च ओपनको उपाधि जिते

सहयात्रा टिभी

काठमाडौं । जेठ २६, फ्रेन्च ओपन पुरूष एकलतर्फको उपाधि स्पेनिस खेलाडी कार्लोस अल्काराजले लगातार दोस्रोपटक जितेका छन् ।

फाइनलमा विश्व नम्बर एक इटालीका यानिक सिनर सिनरलाई हराउँदै उनी च्याम्पियन बनेका हुन् ।

महिला तर्फको उपाधि भने हिजो दोस्रो वरीयताकी कोको गौफले जितेकी थिइन् । शीर्ष वरीयताकी बेलारुसकी आर्यना साबालेन्कालाई तीन सेटमा पराजित गर्दै गौफ च्याम्पियन बनेकी हुन् ।

 

प्रकाशित : 9 June, 2025

प्रतिक्रिया दिनुहोस्