अमेरिकी डलर १३७ रुपैयाँ नाघ्यो, हेर्नुहोस् आज कुन मुद्राको भाउ कति ?

काठमाडौं । जेठ २७, नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। जसअनुसार, नेपाली बजारमा अमेरिकी डलरको भाउ स्थिर रहँदै बिक्रीदर १३७ रुपैयाँ ३० पैसा पुगेको छ। विदेशबाट आउने रेमिट्यान्स, वैदेशिक व्यापार र यात्रामा प्रत्यक्ष प्रभाव पार्ने यो दर पछिल्लो समय बलियो अवस्थामा रहेको छ।
राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ७० पैसा र बिक्रीदर १३७ रुपैयाँ ३० पैसा कायम भएको छ।
युरो र पाउण्डको अवस्था
युरोपेली मुद्रा युरो र बेलायती पाउण्डको भाउ पनि उच्च रहेको छ। आज युरो एकको खरिददर १५६ रुपैयाँ ६ पैसा र बिक्रीदर १५६ रुपैयाँ ७४ पैसा तोकिएको छ। त्यसैगरी, बेलायती पाउण्ड स्टर्लिङ खरिदमा १८५ रुपैयाँ ३४ पैसा र बिक्रीमा १८६ रुपैयाँ १६ पैसामा कारोबार भइरहेको छ।
खडी मुलुकका मुद्राहरूको दर
वैदेशिक रोजगारीका लागि प्रमुख गन्तव्य रहेका खाडी मुलुकका मुद्राहरूको दर निम्नानुसार रहेको छ:
साउदी रियाल: खरिद ३६.४५ | बिक्री ३६.६१
कतारी रियाल: खरिद ३७.५१ | बिक्री ३७.६८
युएई दिराम: खरिद ३७.२२ | बिक्री ३७.३८
यसैगरी, कुवेती दिनार (खरिद ४४६.०५) र बहराइन दिनार (खरिद ३६२.५५) नेपाली रुपैयाँको तुलनामा सबैभन्दा महँगा विदेशी मुद्रा बनेका छन्।
अन्य प्रमुख मुद्राहरूको भाउ
अष्ट्रेलियन डलर: खरिद ८९.१८ | बिक्री ८९.५७
क्यानेडियन डलर: खरिद ९९.९२ | बिक्री १००.३६
चिनियाँ युआन: खरिद १९.०४ | बिक्री १९.१२
जापानी येन (१०): खरिद ९.४७ | बिक्री ९.५१
मलेसियन रिङ्गेट: खरिद ३२.३१ | बिक्री ३२.४५
भारतीय रुपैयाँ स्थिर
छिमेकी मुलुक भारतको मुद्राको विनिमय दर भने स्थिर छ। भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ।
राष्ट्र बैंकले तोकेको यो दर वाणिज्य बैंकहरूले कारोबार गर्दा केही फरक पर्न सक्ने र आवश्यकता अनुसार दिनको कुनै पनि समयमा यो दर परिवर्तन हुन सक्ने जनाएको छ।