प्रहरीले गोली चलाएर नियन्त्रणमा लिएका व्यक्ति भारतीय

सहयात्रा टिभी

काठमाडौं । जेठ २७, लागु औषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले गोली चलाएर नियन्त्रणमा लिएका व्यक्ति भारतीय नागरिक रहेको खुलेको छ ।

टोखाको ग्राण्डी अस्पताल नजिकै प्रहरीले गोली चलाएर नियन्त्रणमा लिएका चार व्यक्ति भारतीय नागरिक रहेको खुलेको छ ।

उनीहरुको पूरा परिचय भने प्रहरीले सार्वजनिक गरेको छैन । ब्यूरोका प्रमुख तथा एसएसपी कृष्ण कोइरालाले विभिन्न ठाउँबाट चार जनालाई नियन्त्रणमा लिएको बताएका छन् ।

उनीहरुलाई कार्यालयमा ल्याउने काम भएकाले परिचय भने यकिन गर्न बाँकी नै रहेको बताए । प्रहरीले गोली चलाएर दुई भारतीय र थप अरु दुई गरी चार जनालाई नियन्त्रणमा लिएको छ ।

लागु औषध कारोबारको सूचना पाएपछि ब्यूरोका इन्स्पेक्टर राकेश यादव र बरिष्ठ सई बालकृष्ण सञ्जेलसहितको टोली खटिएको थियो ।

सो क्रममा प्रहरीमाथि नै आक्रमण भएको थियो । त्यसपछि गोली चलाएर दुई जना र थप दुई गरी चार जनालाई नियन्त्रणमा लिएको हो । उनीहरूको साथबाट १ सय ५० ग्रामभन्दा बढी ब्राउन सुगर पनि बरामद गरेको छ ।

नियन्त्रणमा लिने क्रममा उनीहरुको आक्रमणबाट दुई प्रहरी रवीन्द्र केसी र नवराज घिसिङ पनि घाइते भएका छन् ।

प्रकाशित : 10 June, 2025

प्रतिक्रिया दिनुहोस्