आप्रवासीको उग्र प्रदर्शनपछि लस एन्जलसमा कर्फ्यु, सेना परिचालन

काठमाडौं । जेठ २८, आप्रवासीमाथि भएको धरपकडको विरोधमा भएको प्रदर्शनका क्रममा लुटपाट र हिंसा मच्चिएपछि लस एन्जलसमा कर्फ्यु लगाइएको छ।
अवस्था असामान्य बनेपछि लस एन्जलसकी मेयर करेन बासले शहरको डाउनटाउनका केही भागमा कर्फ्यु घोषणा गरेकी हुन्।
यस्तै, एक टेलिभिजन सम्बोधनमा क्यालिफोर्नियाका गभर्नर ग्याभिन न्यूसमले लस एन्जलसको अवस्थालाई भड्काएको भन्दै राष्ट्रपति डोनाल्ड ट्रम्पको आलोचना गरेका छन् ।
स्थानीय समयअनुसार राति ८ बजे कर्फ्यु सुरु भएपछि पनि, धेरै मानिसहरू बाहिरै सडकमा देखिन्थे । कतिपयले यसलाई कर्फ्युको अवज्ञा गर्दै डाउनटाउनमै प्रदर्शनकारी रहेको पनि भनेका छन् ।
अमेरिकी राष्ट्रपतिले प्रदर्शनलाई “शान्ति र सार्वजनिक व्यवस्थामाथिको आक्रमण” भनेका छन् । साथै सहरमा थप सेना परिचालन गर्ने कुरामा जोड दिएका छन् ।
एक रक्षा अधिकारीले सीबीएसलाई बताएअनुसार, क्यालिफोर्निया नेसनल गार्डका करिब २,१०० सदस्य र ७०० मरिन सैनिकहरू अहिले लस एन्जलस क्षेत्रमा तैनाथ छन्।