२४ जिल्लामा बाढीको जोखिम, नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

सहयात्रा टिभी

काठमाडौं । जेठ २८, जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले आज (बुधबार) देशका २४ जिल्लामा बाढीको जोखिम रहेको जनाएको छ। महाशाखाले यी जिल्लाका नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन विशेष आग्रह गरेको छ।

विशेषगरी पश्चिम नेपालका सात जिल्लामा मध्यमस्तरको जोखिम रहेको भन्दै महाशाखाले ‘पहेँलो चिह्न’ (एल्लो वारेन्ट) जारी गरेको छ। मध्यम जोखिममा रहेका जिल्लाहरूमा दाङ, बाँके, बर्दिया, सल्यान, सुर्खेत, दैलेख र जाजरकोट रहेका छन्।

यी सात जिल्लाका अतिरिक्त इलाम, तेह्रथुम, पाँचथर, सोलुखुम्बु, दोलखा, सिन्धुपाल्चोक, काभ्रे, ललितपुर, उदयपुर, संखुवासभा, खोटाङ, रामेछाप, कास्की, लमजुङ, अछाम, बझाङ र दार्चुला जिल्लाका नदीहरूमा पनि पानीको बहाव बढ्न सक्ने पूर्वानुमान छ।

महाशाखाले उल्लेखित सबै जिल्लाका नदी किनार र तल्लो तटीय क्षेत्रमा रहने बासिन्दालाई आज दिनभर उच्च सतर्कतामा रहन सुझाव दिएको छ।

प्रकाशित : 11 June, 2025

प्रतिक्रिया दिनुहोस्