आज ललितपुरमा शास्त्रीय सङ्गीत महोत्सव हुँदै

सहयात्रा टिभी

काठमाडौं । जेठ २८, ललितपुरमा आज शास्त्रीय सङ्गीत महोत्सव हुँदैछ । ३८८ वर्षअघि अर्थात् सिद्धिनरसिहं मल्लको पालादेखि जेठ शुक्ल पूर्णिमाका दिन शास्त्रीय सङ्गीत महोत्सव गर्ने चलन छ ।

काभ्रेको पनौतीमा पनि  भैरव, भद्रकाली र इन्द्रेश्वर महादेवको रथ जात्रा हुँदैछ । सङ्गीत महोत्सवमा राजा सिद्धिनरसिंह मल्लले तयार गरेका राग मल्हारसहित ३१ वटा गीत गाउने गरिन्छ ।

आजलाई सङ्गीत दिवसका रुपमा लिएर मङ्गलबजारमा दुई वटा साङ्गीतिक कार्यक्रम हुन लागेको आयोजकमध्येका एक कार्तिक नाच संरक्षण समितिले जनाएको छ ।

परम्परागत रूपमा निरन्तर चलिरहेको सिद्धिनरसिंह मल्लका गीतहरूको प्रस्तुतिको कार्यक्रम दिउँसो १२ बजेदेखि बेलुकी ५ बजेसम्म हुनेछ ।

त्यस्तै आज नै मङ्गलबजारमा मल्लकालीन सिहांसन र परम्परागत पौभाको पनि प्रदर्शन गरिँदैछ । साथै काठमाण्डौ उपत्यकाका नेवारहरूले आजको दिनलाई वर्षको सबैभन्दा लामो दिनका रूपमा लिने गर्दछन् ।

 

प्रकाशित : 11 June, 2025

प्रतिक्रिया दिनुहोस्