रास्वपाले प्रस्तुत गरेको प्रस्तावबारे प्रतिपक्षी दलको बैठकमा छलफल जारी

काठमाडौं । जेठ २८, प्रतिपक्षी दलहरुको बैठक जारी छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सहमतिका लागि प्रस्तुत गरेको पाँच बुँदे प्रस्तावबारे छलफल गर्न विपक्षी दलहरु बैठक बसेका हुन् ।
बैठक नयाँ बानेश्वरमा जारी छ । रास्वपाले संसदको अवरोध खोल्नका लागि नेपाली कांग्रेससमक्ष यसअघि सोमबार पाँच बुँदे प्रस्ताव पेस गरेको थियो ।
रास्वपाको प्रस्तावमा साझा धारणा बनाउने गरी छलफल भइरहेको विपक्षी दलका नेताहरुले बताएका छन् ।
बैठकमा विपक्षी दलका नेताहरु वर्षमान पुन, हितराज पाण्डे, सन्तोष परियार, राजेन्द्र पाण्डे, प्रभु साहलगायत सहभागी छन् ।
विपक्षी दलहरुले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा मागेर संसद बैठक अवरोध गर्दै आएका छन् ।
सभामुखले पटक/पटक दलहरुलाई छलफल गराए पनि निकास निस्किएको छैन ।