गुल्मीमा गाईपालक किसानलाई प्रसूति भत्ता वितरण

सहयात्रा टिभी

काठमाडौं । जेठ २८, गुल्मीको मदाने गाउँपालिकाले गाईपालक किसानलाई प्रसूति भत्ता वितरण गरेको छ ।

मदाने गाउँपालिका वडा नम्बर १ अन्तर्गत अग्लुङ्मा स्थानीय जातका रैथाने गाईपालन गर्ने किसानलाई प्रसूति स्याहार भत्ता वितरण गरिएको वडाध्यक्ष सुशील चन्दले जानकारी दिनुभएको छ ।

गाउँपालिकाले अग्लुङ्माका ३० जना गाईपालक किसानलाई जनही २ हजार ५ सय रुपैयाँका दरले प्रसूति स्याहार भत्ता उपलब्ध गराएको छ ।

पछिल्लो समयमा बसाइँसराइका कारण गाउँबाट मानिसहरू विस्थापित हुँदै जान थालेसँगै स्थानीय जातका गाईहरू लोप हुँदै गइरहेको अवस्थामा किसानहरूलाई गाईपालनमा प्रोत्साहन गर्ने उद्देश्य पालिकाले प्रसूति भत्ता उपलब्ध गराइएको अध्यक्ष चन्दले बताउनुभयो ।

प्रकाशित : 11 June, 2025

प्रतिक्रिया दिनुहोस्