प्रतिपक्षी सांसदको नाराबाजीसँगै बैठक भोलिसम्मका लागि स्थगित

सहयात्रा टिभी

काठमाडौं । जेठ २८, प्रतिपक्षी दलका सांसदहरुले गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै नाराबाजी गरेका छन् ।

उनीहरुले भिजिट भिसा प्रकरणमा मुछिएका गृह मन्त्रालयका कर्मचारीहरुलाई कारबाही गर्नुपर्ने र गृहमन्त्री लेखकले राजीनामा दिनुपर्ने माग गर्दै नाराबाजी गरेका हुन् ।

सभामुख देवराज घिमिरेले आजको बैठक सुरु भएको जानकारी गराएलगत्तै प्रतिपक्षी दलहरु आआफ्नो स्थानबाट उठेर संसद अवरुद्ध गरेका थिए ।

सत्तापक्षका सांसदहरुले संसद अवरोध गरेर बोल्न रोकेको भन्दै बैठक सन्चालनको माग गरे । त्यसपछि प्रतिपक्षी दलहरुले गृहमन्त्रीविरुद्ध नाराबाजी थालेका हुन् ।

सभामुख घिमिरेले दलीय आधारमा बोल्न दिने भन्दै बस्न आग्रह गरे पनि सांसदहरुले मानेका छैनन् । प्रतिपक्षी दलहरुको अवरोधका कारण प्रतिनिधि सभाको आजको बैठक पनि अवरुद्ध भएको छ ।

अवरोध जारी भएपछि सभामुख देवराज घिमिरेले बैठक भोलि विहीबारसम्मका लागि स्थगित भएको जानकारी गराएका छन् ।

प्रकाशित : 11 June, 2025

प्रतिक्रिया दिनुहोस्